यस्तो छ,राष्ट्रपति सि नेतृत्वको चिनियाँ उच्च राजनीतिक समूह
चीनका राष्ट्रपति सि चिनफिङ तेस्रो कार्यकालको निम्ति अस्ति निर्वाचित भएसङ्गै मुलुकको शक्तिशाली सैन्य आयोग अध्यक्षको समेत जिम्मेवारी सुम्पिइएको छ ।
उहाँसँग उपराष्ट्रपति र प्रधानमन्त्री भने नयाँ अनुहार आएका छन् । राजधानी बेइजिङमा सम्पन्न चिनियाँ संसद जनकँग्रेसको १४ औं वार्षिक अधिवेशनले मुलुकको नयाँ नेतृत्व सर्वसम्मत छानेको हो ।
उपराष्ट्रपतिमा यसअघि उपप्रधानमन्त्री रहनुभएका हान चङ्लाई ल्याइएको छ । प्रधानमन्त्रीमा लि छियाङ निर्वाचित आउनुभएको छ ।
टिप्पणीहरू