नयाँ राष्ट्रपतिको राजीनामा स्वीकृत
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गर्नुभएको छ ।
काँग्रेस वरिष्ठ नेतासमेत रहनुभएका पौडेलले केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो राजीनामा बुझाउनुभएको थियो । साँझ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले उक्त राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैदेखि नै लागू हुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएका पौडेल भोलि शपथ ग्रहण गरी शितल निवाश प्रवेश गर्ने तयारी छ । त्यसअघि उहाँले पार्टीसँगको आवद्धता त्याग्नुभएको हो ।
टिप्पणीहरू