शैक्षिक क्षेत्र सुधार्न बौध्दिक वर्ग गुहार्दै प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान,गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । 

पद्मोदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई आज सम्बोधन गर्दै उहाँले त्यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारको प्रयासमा बौध्दिक वर्गको सहयोग र सहकार्य जरूरी रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले शिक्षालाई जीवनउपयोगी, आधुनिक,विज्ञान प्रविधि र व्यवसायिक बनाउन बदलिएको राजनीतिक,सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधारको खाँचो पनि औँल्याउनु भयो । 

'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक,विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ',उहाँले भन्नुभयो । 

शिक्षा सामाजिक,सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृध्दि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत रहेको भन्दै प्रधानमन्त्रीले शिक्षाको गुणस्तर र विकासले नै  संमृद्धिका हरेक पक्षमा अब्बल प्रमाणित गर्ने उल्लेख गर्नुभयो ।


 

टिप्पणीहरू