मध्यराति लुकेर कौडा खेल्नेहरु प्रहरी खोरमा

मध्यराति लुकेर कौडा खेल्नेहरु प्रहरी खोरमा

झापामा प्रहरीले कौडा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । गौरादह नगरपालिका–३ का ३३ वर्षीय रुद्र भण्डारीसहित तीन जना हिजोराति जुवाको खालबाटै समातिएका हुन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय, गौरादहबाट खटिएको टोलीले उनीहरुलाई गौरादह बजारस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४५ हजार ९ सय ४५ रुपैयाँ नगद र १६ थान कौडा पनि बरामद गरेको छ । 

पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू