सरकारमा जानेबारे सल्लाह गर्दै समाजवादीका नेताहरु

सरकारमा जानेबारे सल्लाह गर्दै समाजवादीका नेताहरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा शुरु भएको छ । 

आज मध्याह्न १२ बजेदेखि शुरु भएको ५४ औं सचिवालय बैठक अहिले जारी छ । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा सहभागी हुने तयारीका साथ सचिवालयमा छलफल थालेको हो । आजको बैठकले यसबारे औपचारिक निर्णय गर्नसक्ने बताइएको छ ।  

अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसिरहेको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्र प्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन् ।

टिप्पणीहरू