अमेरिकाद्वारा सम्भावित खतरा सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक, चार वटा मुलुकको नामै उल्लेख

अमेरिकाद्वारा सम्भावित खतरा सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक, चार वटा मुलुकको नामै उल्लेख

अमेरिकी राष्ट्रिय खुफिया एजेन्सीले सम्भावित खतरा सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । खुफिया सम्बन्धी विभिन्न एजेन्सीको समग्र मूल्याङ्कन प्रतिवेदनमा अमेरिकाको सामुन्ने उत्पन्न भएका निकै डरलाग्दो र डरलाग्दो खतराबारे उल्लेख गरिएको बताइएको छ । 

प्रतिवेदनमा अमेरिकाले आफ्नो निम्ति चीन, रुस, इरान र उत्तर कोरियाबाट सबैभन्दा धेरै खतरा रहेको उल्लेख छ । चीनले क्षेत्रीय र विश्व मामिलामा बढाउँदै गएको प्रभाव, साइबर क्षेत्रमा बढाएको लगानी, अन्तरिक्षमा नयाँ प्रविधिको थालनी, आणविक हतियार र प्रविधिको विस्तार, सैन्य क्षमतामा दिएको ध्यान र प्रभुत्व विस्तार अमेरिकाका लागि खतरा रहेको जनाइएको छ ।

त्यसैगरी पछिल्लो समय स्वास्थ्य खतराको रुपमा उत्पन्न कोभिड १९ बारे पनि लामै व्याख्या गरिएको छ । ४० पृष्ठ लामो प्रतिवेदनमा रुसले युक्रेनमाथि गरेको आक्रमणलाई समेत अमेरिकाले आफूविरुद्धको खतराको रुपमा जनाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तन र वातावरणमा आएको ह्रासलाई पनि अर्को खतरा भनिएको छ ।

टिप्पणीहरू