रुसी र युक्रेनीहरु अश्लिल पोशाकमा हिँडेपछि इण्डोेनेसियालीहरु क्रुद्ध

रुसी र युक्रेनीहरु अश्लिल पोशाकमा हिँडेपछि इण्डोेनेसियालीहरु क्रुद्ध

इण्डोनेसियाको बाली–टापू रूसी र युक्रेनी नागरिकका लागि युद्ध छल्ने आश्रयस्थल बनेको छ । हजारौं युक्रेनीहरू रूसी बमबारी र धेरै रूसीहरू सेनामा भर्ती हुनबाट बच्न बाली सरेको बताइन्छ । इण्डोनेसियाले दुवै देशका लागि भिसा अन अराइभलको सुविधा दिएको छ । तर पर्यटकको भीडमा अभ्यस्त बालीका सरकारी अधिकारीहरु विदेशीको चटक देखेर हैरान छन् ।

केही दिनअघि एक रुसी नागरिक त्यहाँको पवित्र मानिने सातवर्ष पुरानो रुखमा चढे, त्यो पनि निर्वस्त्रै । बालीमा आधा लुगा लगाएर सडकमा हिँड्ने रुसी नागरिक देखिनु सामान्यजस्तै  हुन थालेको छ । बढ्दो दुईपाङ्ग्रे सवारी दुर्घटनाका लागि रुसी र युक्रेनी पर्यटकलाई बालीको स्थानीय सरकारले मुख्य जिम्मेवार ठहराउन थालेको छ ।

छोटो अवधिको पर्यटक भिसामा बाली पुगेका रुसी र युक्रेनी नागरिकले जागिरका लागि आवेदन दिन थालेको पाइएको छ । बालीको सडकमा यसरी घुम्ने रुसी युवाको संख्या दिनहुँ बढेको छ । बालीका गभर्नर वायन कोस्टरले इण्डोनेसियाली सरकारलाई रुस र युक्रेनलाई दिइने भिसा अन अराइभल सुविधा अन्त्य गर्न आग्रह गरिसकेको बताएका छन् ।

बाली टापुमा पर्यटकहरूको भीड कुनै नौलो कुरा होइन । विगतमा पनि पर्यटकहरू उग्र हुँदा कैयौँ आपत्तिजनक घटना भएका छन् । तर पछिल्लो समय सामाजिक विश्रृंखलातका घटनामा कमी आएको अधिकारीहरू बताउँछन् । रुसी नागरिकले बाटोमा हिँड्दा–हिँड्दै पर्खाल र निजी घरका भित्ता कोर्न थालेको पाइएको छ । अनुमपति बिना युद्धविरोधी चित्र बनाएको देख्दा स्थानीय आक्रोशित छन् । तर केही गर्न सक्दैनन् । एक वर्षयता यस्ता घटना धेरै गुणाले बढेको स्थानीय अधिकारीहरु बताउँछन् ।

३३ वर्षीय टुर गाईड आइ व्यान परडिका भन्छिन्, ‘उनी (रुसी–युक्रेनी) हरू आफ्नै संसारमा बाँचिरहेका छन् । अरू कसैको वास्ता गर्दैनन्, अर्ध नाङ्गो भएर सडकमा हिँड्नु सामान्य दैनिकी बनिसकेको छ । जबकि हामीहरु देख्दा पनि लाज मान्छौँ ।’ बालीका स्थानीय पहिले रूस र युक्रेनका नागरिकप्रति सहानुभूति राख्थे । तर अहिले पर्यटकहरु उग्र बन्दै जाँदा दिक्क भएका छन् । कतिपय रुसी नागरिकले बालीमा आफ्नै कार र घर भाडाको व्यवसाय थालेका छन् ।

पर्यटक भिसामा भित्रिएका आगन्तुकहरूका लागि त्यसो गर्नु इण्डोनेसियाली कानुनको उल्लंघन हो । लक्जरी जुत्ता ब्रान्डका संस्थापक निलुह जेलान्टिक भन्छन्, ‘हामीले उनीहरूका लागि घर र हृदय खोल्यौं । तर उनीहरूले हाम्रो उदारताको गलत फाइदा उठाइरहेका छन् ।’

पछिल्लो समय ५८ हजार रुसी र ७ हजार युक्रेनी नागरिक बाली पुगेका छन् । गत जनवरीमा मात्रै २२ हजार ५ सय रुसी नागरिक बाली पुगेका थिए । इण्डोनेसियाले ८५ देशका नागरिकलाई भिसा अन अराइभल सुविधा दिएको छ । रुस र युक्रेनलाई मे २०२२ मा मात्र यसमा समावेश गरिएको थियो । इण्डोनेसियामा दुई पाङ्ग्रे सवारी साधन यातायातको मुख्य साधन हो । पछिल्ला केही वर्षयता दुर्घटना निकै बढेको छ । बालीले विदेशी नागरिकलाई दुई पाङ्ग्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

बाली पुगेका अधिकांश रुसी नागरिकले आफूलाई ग्रामीण क्षेत्रबाट आएको रुसी डिजिटल आर्टिस्ट ग्रशान्ति होलोन बताउने गरेका छन् । बालीको पर्यटन एजेन्सीले अहिले अंग्रेजी, रुसी र फ्रेन्च भाषामा साइनबोर्ड राख्न थालेको छ । ती साइनबोर्डमा विदेशीलाई राम्रो व्यवहार गर्न अपील गरिएको छ । कतिपय बोर्डमा सामाजिक सञ्जालमा अश्लील तस्बिरहरू पोष्ट नगर्न लेखिएको छ । बिकिनीजस्ता कपडा सही ठाउँमा लगाउनुपर्ने स्थानीय बताउँछन् । विदेशीहरूले नियम उल्लंघन गरेमा जरिवाना हुने र देश निकाला गर्न सकिनेसमेत निर्देशन दिइएको छ ।

अहिले बालीमा चर्को बहस चलिरहेको छ, गभर्नरले रुसी र युक्रेनी नागरिकलाई एउटै समूहमा राखेकोमा इण्डोनेसियाका लागि युक्रेनका राजदूत भासिल हमियानिनले आपत्ति जनाएका छन् । उनले गभर्नरलाई भेटेर इण्डोनेसिया सरकारको तथ्याङ्कअनुसार गत साता बालीमा ५६ वटा दुर्घटना रुसी नागरिकले गराएको स्मरण गराएका छन् । उनका आफ्ना नागरिक युद्धका कारण बालीमा बस्न बाध्य भए पनि प्रायः आफ्नो देश फर्कन चाहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा एक रुसी युवा बालीको पवित्र पहाडमा लुगा लगाउँदै थिए भने अर्को भिडियोमा कथित रुसी युवाले स्थानीय सुरक्षा गार्डसँग झगडा गरेको देखिन्छ । पवित्र पर्वतमा लुगा लगाउने रुसी युवा युरी चिलिकिनले गत बिहीबार माफी मागेका छन् । गत सेप्टेम्बरमा मस्कोबाट बाली गएकी ३३ वर्षीया इञ्जिनियर एलेना पोज्न्याकोभाले रुसी नागरिकको असभ्यता देखेपछि आफूलाई लाज लागेको बताएकी छन् ।

एलेना आफ्नो पति छोरीसँग बस्छिन् । उनले रुसी नागरिकको अभद्र व्यवहार धेरै पटक देखेको बताइन् । तर, स्थानीयको आक्रोशका बाबजुद पनि उनीहरूको आतिथ्यमा कुनै फरक नपाएको उनी बताउँछिन् । इण्डोनेसियाको कानुन र मानव अधिकार मन्त्रालयका अध्यागमन महानिर्देशक सिल्मी करिमले बालीका गभर्नरले भिसा अन अराइभल अन्त्यको निम्ति गरेको अनुरोधमाथि थप विचार गरिएको बताइन् । यता थाइल्याण्डको फुकेटमा पनि थुप्रै रुसी पर्यटक पुगेका छन् ।

टिप्पणीहरू