चट्याङ लागेर एक ट्रक चालकको मृत्यु

चट्याङ लागेर एक ट्रक चालकको मृत्यु

सिरहामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ । मिर्चैयामा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम चट्याङ लागेर गम्भीर घाइते भएका हुन् । 

उपचारार्थ अस्पतालमा पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू