गृहमन्त्रीकै सामु मीटरब्याज पीडितको पाँच बुँदे सहमति
मीटरब्याज विरुध्दको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच सहमति भएको छ । आज बेलुकी उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पाँच बुँदे सहमति भएको बताइएको छ ।
गृह मन्त्रालयमा अस्तिदेखि भएको वार्तामा भएको सहमतिअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी,सरकारी वकिल,मालपोत,नापी कार्यालयका प्रमुख,बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मीटरब्याज पीडितको प्रतिनिधित्व हुने गरी समन्वय समिति गठन गर्न सरकारसमक्ष सिफारिस गरिने छ । त्यसैगरी जाँचबुझ आयोग ऐन २०१६ अनुसार आयोग गठन गर्न सरकारलाई सिफारिस गर्ने भनिएको छ ।
सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ ।

टिप्पणीहरू