अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेपछि बेइजिङ क्रुद्ध

अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेपछि बेइजिङ क्रुद्ध

अमेरिकी सभामुख र ताइवानी राष्ट्रपतिबीचको भेटवार्तालाई लिएर चीनले कडा भत्र्सना गरेको छ । अमेरिकी सभामुख केभिन मकार्थीले ताइवानकी राष्ट्रपति साई इङ वेनसँग क्यालिफोर्नियामा भेटवार्ता गरेपछि चीनको भत्र्सनासहितको चेतावनी बाहिर आएको छ । 

उक्त भेटबाट एक चीन नीतिको ठाडो उल्लंघन भएको चीनको ठहर छ । अमेरिका र चीनबीच सन् १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछिको ४४ वर्षमा अमेरिका पुगेका ताइवानी नेतालाई भेट्ने मकार्थी हालसम्मकै वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

मकार्थीले ताइवानी नेतासँग क्यालिफोर्नियास्थित आफ्नो गृहनगरमा भेट गरेका हुन् । यता चीनको विदेशमन्त्रालयले आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति जस्तोसुकै कडा कदम चाल्न तयार रहेको दृढता व्यक्त गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि चिनियाँ सेना उच्च सतर्कतामा छ ।’
 

चीनले ताइवानलाई आफ्नो अभिन्न भूमि ठान्दै आएको छ ।

टिप्पणीहरू