नयाँ कार्यसमिति बनाउँदै सकियो नेकपा एसनिकट कर्मचारी संगठनको अधिवेशन
नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनको अधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमिति गठन गर्दै प्रगतिशील राष्ट्रिय कर्मचारी संगठन, सुदूरपश्चिम प्रदेशको अधिवेशन सकिएको हो ।
हिजो धनगढीमा सम्पन्न भेलाले प्रदेश संगठनको अध्यक्षमा धनपति जोशीलाई चयन गरेको छ । त्यस्तै,वरिष्ठ उपाध्यक्षमा विमला भट्ट,उपाध्यक्षमा अमरबहादुर कार्की,प्रिया मल्ल,सचिवमा इन्द्र बम, कोषाध्यक्षमा तिलाराज सुवेदी,सहसचिवमा शिवबहादुर ऐडी, लालबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा कृष्ण बिक,हर्क बम, मनिषा शर्मा,पूर्ण बुढा, खेम बोहोरा,दीपक बोहोरा,कुम्भराज सुवेदी र महिला सदस्यमा धर्माकुमारी रोकाया छानिएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेशका अध्यक्ष हर्कबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सरकारका अर्थमन्त्री नरेशकुमार शाही, पूर्व भौतिक पूर्वाधारमन्त्री तथा पार्टीका संसदीय दलका नेता दीर्घ सोडारीलगायत अन्य पेशागत संघसंगठनका पदाधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू