रुबीभ्यालीको पत्थर देख्दा ओली दङ्ग
धादिङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् ।
नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको बताए ।
देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको भन्दै ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्दनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए । ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण समेत गरे ।

पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भएपनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्दै रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजितलगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमुल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकार मार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने बताए ।
धादिङबेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने र रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पु¥याउन सकिने र आफु त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने बताए ।
नेपाल र चिनसँग जोड्ने सिमा पनि रुविभ्यालीमै पर्ने भएकोले रुविभ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने पनि उनले बताए ।
टिप्पणीहरू