अब बीमा नवीकरण मोबाइलबाटै
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण मोबाइलबाटै गर्न सकिने भएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मार्फत बीमा रिन्यु गर्न सकिने भएको हो ।
आइएमई पे एप डाउनलोड गरी त्यसमार्फत इन्स्योरेन्सको पे प्रिमियममा गई आइएमई लाईफ नवीकरणमा क्लिक गरेर मागिएको विवरण प्रदान गरेपछि केही सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सकिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्न र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा उपलब्ध गराइएको बताएको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् ।
टिप्पणीहरू