एमाले नेतृत्व संसद विघटनको दाउमा रहेकाले एकताको सम्भवना नरहेको माधव नेपालको निष्कर्ष

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्व पुन: संसद् विघटन गर्ने दाउमा रहेको बताउनुभएको छ । 

संसद विघटन गरी मध्यावधि चुनावमा जाने एमालेको दाउ रहेको उहाँले दाबी गर्नुभयो । आज सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेको यस्तो दाउ पूरा हुन नदिने पनि बताउनुभयो । 

'एमालेभित्र अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन विघटन गर्न सकिन्छ, मध्यावधिमा जान सकिन्छ भन्ने छ', उहाँले भन्नुभयो, 'त्यो बाटोमा त हामी जान सक्दैनौँ, संविधान मिच्ने कुरा समर्थन गर्न सक्दैनौँ ।'

यस्तै सोच र चिन्तनका कारण एमालेसँग पार्टी एकताको सम्भावना टरेकोसमेत अध्यक्ष नेपालले बताउनुभयो । मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न आफ्नो पार्टी तयार रहेपनि एमाले अध्यक्ष केपी शर्मा ओली भएसम्म सो पार्टीसँग एकताको सम्भावना नरहेको उहाँले निष्कर्ष सुनाउनुभयो ।

यो पनि...

1. उपाध्यक्षलाई लिएर एमाले अध्यक्ष गृहजिल्लामा

2. शीर्ष नेताहरुको बैठकमा दशमलवको हिसाव

टिप्पणीहरू