प्रभु बैंकको डेबिट र क्रेडिट कार्डको प्रिपेमेन्टमा विशेष छुट
नयाँ वर्ष २०८० को उपलक्ष्ममा प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउन दराज नेपालसँग समझदारी गरेको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकको भिसा कार्ड बाहेक अन्यमा छुट उपलब्ध हुनेछ । साथै, यो अफर चैत २८ गतेदेखि लागू भएको हो । बैंकको डेबिट कार्डमार्फत प्रिपेमेण्टमा ८ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) बराबरको छुट उपलब्ध हुनेछ भने क्रेडिट कार्डमार्फत १० प्रतिशत (अधिकतम १००० रुपैयाँ) सम्मको छुट प्राप्त हुनेछ ।
त्यस्तै, सो अफरपछि अप्रिल १५ अर्थात् बैशाख २ गतेदेखि बैशाख ७ गतेसम्म २ प्रतिशत (अधिकतम २०० रुपैयाँ) सम्मको छुट पाउन सकिनेछ । अफर र छुट प्राप्त गर्न दराज प्रयोगकर्ताले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यसका साथै दराजद्वारा सूचीकृत स्वास्थ्य, सौन्दर्य र पहिरनका सामान खरिदमा ग्राहकले २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
टिप्पणीहरू