चौंरी महोत्सव उद्घाटनका प्रमुख अतिथि सेनाको हेलिकोप्टरमा

चौंरी महोत्सव उद्घाटनका प्रमुख अतिथि सेनाको हेलिकोप्टरमा

विगतमा झैँ यो वर्ष पनि पाँचथरमा चौंरी महोत्सव आयोजना गरिएको छ । चौंरी संरक्षण र प्रवद्र्धनका लागि फालेलुङ गाउँपालिकामा छैठौं चौंरी महोत्सव आयोजना गरिएको बताइएको छ ।

नेपाल र भारतको सीमा क्षेत्रमा रहेको फालेलुङ गाउँपालिका ४ चाररातेमा महोत्सव आयोजना गरिएको छ । हिजो सेनाको हेलिकोप्टरमा काठमाडौंदेखि पाँचथरसम्म पुगेर शहरी विकासमन्त्री सीता गुरुङले महोत्सव उद्घाटन गर्नुभएको हो ।

यस पटक पाँच सय चौंरी र याक प्रदर्शनीमा राखिएको छ । सिक्किम र भुटानबाट ल्याइएका चौंरी र याक पनि महोत्सवमा प्रदर्शनीमा छ । जडीबुटी र चौंरीका दुधका परिकार, ऊनबाट निर्मित सामाग्री बिक्रीमा राखिएको छ । सांस्कृतिक कार्यक्रम, माउण्टेन बाइक दौड प्रतियोगितालगायत कार्यक्रमसमेत समावेश गरिएको छ । 

महोत्सव फालेलुङ गाउँपालिकाको मुख्य आयोजनामा भएको हो । फालेलुङ कञ्चनजंघा पर्यायपर्यटन प्रवद्र्धन संस्था, दिपज्योती युवा क्लब र कञ्चनजंघा चौंरीपालन तथा संरक्षण संस्था सहआयोजक छन् । 

महोत्सव २०७४ सालदेखि हरेक वर्ष हुँदै आएकोमा २०७७ मा कोरोना महामारीको कारण रोकिएको थियो ।

टिप्पणीहरू