परराष्ट्रमन्त्रीको कार्य थालनी प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबाट
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारीलाई तत्काल अगाडि बढाउने बताउनुभएको छ । शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहणसँगै उहाँले उक्त धारणा राख्नुभएको बताइएको छ ।
सोही क्रममा मन्त्री साउदले छिमेकीसहित विश्वका अन्य मुलुकसँग कायम रहेको नेपालको सम्बन्धलाई थप सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर बनाउँदै लैजाने उल्लेख गर्नुभयो ।
आफूले मन्त्रालयमा ब्रिफिङ लिएपछि प्रधानमन्त्रीको भारत भ्रमणको प्रक्रिया अघि बढ्ने मन्त्रीको भनाइ छ ।
टिप्पणीहरू