प्रधानमन्त्रीसँग रिसाउँदै एमालेतिर

प्रधानमन्त्रीसँग रिसाउँदै एमालेतिर

प्रधानमन्त्री पुष्पकमल दाहालको पिए बन्न नपाएको झोंकमा एक जना कर्मचारी नेताले माओवादी केन्द्र समर्थित राष्ट्रिय कर्मचारी संगठन (राकसं) परित्याग गर्न लागेका छन् ।

अघिल्लो पटक दाहाल प्रधानमन्त्री हुँदा निजी सचिवालयमा रहेका र नुवाकोटको सिडियो चलाइसकेका ......ढकालले राकसं त्यागी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गर्न कुराकानी गरिरहेको दाबी स्रोतको छ ।

प्रधानमन्त्रीले ढकालको बदला सहसचिव नवराज ढुंगानालाई पीए बनाएका छन् । स्याङ्जाली ढकालका तीन दाजुभाइ ब्युरोक्रेसीको राम्रै ओहदामा रहिसकेका छन् । 
 

टिप्पणीहरू