काठमाडौंको मातातीर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुईंचो

काठमाडौंको मातातीर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुईंचो फाइल फाेटाे

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । आजका दिन जन्मदाता आमाको सम्मान गर्दै उनले गरेका अतुलनीय कष्टपूर्ण कामको छोराछोरीले सम्झना गर्दछन् । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष महत्वको हुने गरेको छ ।

बिहानैदेखि मीठा खानेकुरा र उपहारका साथै श्रद्धा भक्तिसाथ आमाको मुख हेर्न थालिएको छ । राजधानीका मिठाइ पसल र सडकमा सबेरैदेखि विशेष चहलपहल देखिएको छ । बिहान सबेरै स्नान गरी आमालाई उपहार र मिष्ठान प्रदान गरेर आमाको मुख हेर्ने  चलन छ । आमा नभएकाहरुले आजैका दिन श्रद्धापूर्वक मठमन्दिरमा पूजाआजा र दान गर्ने गरिन्छ ।

दिवगंत माताको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौँको मातातीर्थमा मेला लागेको छ । त्यहाँको कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास पनि छ । 

आजकै दिन भक्तपुरका नेवार समुदायले स्थानीय हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

टिप्पणीहरू