गोविन्दलाई भोट माग्न तनहुँ पुगेका पाँच दलका नेता भोलि बारा झर्ने
बैशाख १० गतेको उपचुनावको मौन अवधि शुरु हुनै लाग्दा सत्ता गठबन्धनका शीर्ष नेताहरु चुनावी अभियानमा सक्रिय हुन थालेका छन् ।
साझा उम्मेदवार उठाएर उपचुनाव लडेका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका मुख्य नेताहरु चुनावी अभियानमा लागेका हुन् । आज तनहुँ पुगेर गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई भोट मागेका नेताहरु भोलि बारा झर्ने कार्यक्रम छ ।
आज दिउँसो तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
शीर्ष नेताको टोली भोलि बारा पुग्दैछ । महागढ़ीमाई नगरपालिकाको बरियापुरमा हुने बृहत आमसभालाई प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, बारा–२ का उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने तयारी छ ।
चितवन–२ का उम्मेदवार जितनारायण श्रेष्ठलाई भोट माग्न पनि शीर्ष नेताहरु चितवन जाने कार्यक्रम रहेको बताइएको छ ।
टिप्पणीहरू