भुटानका अर्थमन्त्री स्वदेश फर्किए

भुटानका अर्थमन्त्री स्वदेश फर्किए

भुटानी आर्थिक मामिलामन्त्री लोकनाथ शर्मा आज स्वदेश फर्केका छन् । उनी आज बिहान डुक एअरको उडान नम्बर केबी ४०१ मा काठमाडौंबाट भुटानको पारो गएका हुन् ।

अर्थमन्त्री शर्मासँगै कार्यकारी इञ्जिनियर कर्मा नामग्याल पनि उक्त उडानमा भुटान फर्केका छन् । शर्मा र नामग्याल सोमबार बिहान काठमाडौं आएका थिए ।
 

टिप्पणीहरू