कर्णालीमा एउटा मन्त्रालय बढाएर आठ बनाएपछि मन्त्रीहरुको शपथ

कर्णालीमा एउटा मन्त्रालय बढाएर आठ बनाएपछि मन्त्रीहरुको शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले आज शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

नेपाली काँग्रेसका वेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार विसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र खड्गबहादुर पोखरेलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी माओवादी केन्द्रकी उर्मिला विश्वकर्मालाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

अब कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ । तर गत माघमा मन्त्रालय संख्या घटाएर सात बनाउने निर्णय गरिएको थियो । दुई दिनअघि बसेको क्याबिनेट बैठकले पुनः आठ वटै मन्त्रालय कायम गरेपछि अब पहिलेझँै आठ सदस्यीय मन्त्रिपरिषद् बनेको हो ।
 

टिप्पणीहरू