अदालतमा गोलि चल्यो, प्रतिवादी महिलाको मृत्यु

अदालतमा गोलि चल्यो, प्रतिवादी महिलाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको एक अदालतमा गोलि चलेको छ । अदालत  परिसरमा गोलि लागेर एक महिलाको मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गोलि लागेर घाइते भएकी ४२ बर्षिया राधा नाम गरेकी महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

ती महिलामाथि आज बिहान साढे १० बजे ४–५ राउण्ड गोली हानिएको थियो । उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी क्यान्टिनको गेटबाट भागेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

 कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ ।ति महिलाविरुद्ध ठगी मुद्दा दायर भएकाे थियाे । आज मुद्दाको सुनवाई तोकिएको थियो । 

 अदालतभित्र दिनदहाडै गोली हानिएको घटनालाइ लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत यस घटनालाई लिएर केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् ।

टिप्पणीहरू