आमनिर्वाचनमा भन्दा उपनिर्वाचनमा कम मतदान
आज भएको उपनिर्वाचनमा मतदाताहरुको सहभागिता कम देखिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन सम्पन्न भएको छ ।
भर्खरै प्राप्त विवरणअनुसार चितवनमा ६०, बारामा ६१ र तनहुँमा ५२ प्रतिशत मत खसेको बताइन्छ । गत आमनिर्वाचनमा चितवनमा झण्डै ६८, बारामा ६५ तनहुँमा ५४ प्रतिशत मत खसेको थियो । यो हिसाबले तनहुँमा २ प्रतिशत मत कम खसे पनि अन्यत्र निकै कम मतदान भएको हो ।
चितवनमा करिब ८ र बारामा करिब ४ प्रतिशत मत कम खसेको छ ।
टिप्पणीहरू