अमेरिकामा दुई वृद्धको छुट्टाछुट्टै घोषणा
![अमेरिकामा दुई वृद्धको छुट्टाछुट्टै घोषणा](https://janaaastha.prixacdn.net/media/albums/trump_and_announce_5JpNBgFfPT.jpg)
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । गत निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पराजित गर्दै राष्ट्रपति भएका डेमोक्रेटिक पार्टीका वाइडेन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने भएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले जारी गरेको भिडियो सन्देशमा लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि आफूले उम्मेदवारी दिन लागेको उल्लेख छ । चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अझै पनि सो लडाइँ जारी रहेकाले पुनः नेतृत्वमा आउन चाहेको हुँ ।’
आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति ट्रम्पले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आ–आफनो पार्टीबाट मनोनयन जित्न सकेमा मात्र २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो पटक बाइडेन र ट्रम्प पुनः आमनेसामने हुनेछन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । ७६ वर्षीय ट्रम्प पुनः राष्ट्रपतिमा विजयी भए त्यतिबेला ७८ वर्षको हुनेछन् ।
टिप्पणीहरू