पार्टी बैठकमा जानुअघि रवि लामिछाने बालुवाटार पुगे

पार्टी बैठकमा जानुअघि रवि लामिछाने बालुवाटार पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ । गत साता चितवन–२ को उपनिर्वाचनमा विजयी भएपछि लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको र प्रधानमन्त्री दाहाल सरकारमा उक्त पार्टीलाई सहभागी गराउने प्रयासमा रहनुभएको अवस्थामा आज भएको भेट अर्थपूर्ण रहेको बताइएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले भने लामिछानेलाई उपनिर्वाचनमा विजयी भएकोमा बधाई दिन बालुवाटार बोलाइएको जानकारी दिएको छ ।

रविको पार्टीले केन्द्रीय समिति बैठक बिहान ११ बजे डाकेको छ । गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गरेपछि उनी सांसद, गृहमन्त्रीलगायत सबै जिम्मेवारीबाट पदमुक्त भएका थिए । सरकारमा सहभागी हुनेबारे आजको बैठकमा छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू