उपचुनावको एक सातापछि उपेन्द्रको शपथ
बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट सांसद जितेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सिंहदरवारस्थित एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले यादवलाई शपथ खुवाउनु भएको हो।
गत मंसिरको आमचुनावमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव उपनिर्वाचनमा सोही पार्टीका उम्मेदवारलाई हराएर सांसद निर्वाचित हुनुभएको थियो ।
बैशाख १० कै उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र र तनहुँ-१ बाट जितेका स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ लिईसकेका छन् । यादव उपत्यका बाहिर रहेकाले त्यतिबेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् ।

टिप्पणीहरू