जलवायु परिवर्तनको असर बुझ्न उपसभामुख इन्दिरा र श्रीमान सपना फोक्सुण्डोतिर

जलवायु परिवर्तनको असर बुझ्न उपसभामुख इन्दिरा र श्रीमान सपना फोक्सुण्डोतिर

उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ । उहाँहरु जलवायु परिवर्तनले सो क्षेत्रका स्थानीयमा पारेको असर बुझ्न जानुभएको बताइएको छ ।

उहाँहरु सदरमुकाम दुनै हुँदै फोक्सुण्डो ताल पुग्नुभएको हो । ताल नजिकै गरिएको स्थानीयसँगको अन्तरक्रियामा उपसभामुख रानामगरले जलवायु परिवर्तनले सो क्षेत्रको जनजीवनमा ठूलो प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार र नेपालको न्यायालयले यस सम्बन्धमा गरेको निर्णयबारे जानकारी गराउनुभएको बताइन्छ । त्यसैगरी राष्ट्रिय सभाका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले डोल्पामा जलवायु परिवर्तनले पारेको असरबारे आफूलाई प्रत्यक्ष रुपमा जानकारी मिलेको बताउनुभएको छ ।

टिप्पणीहरू