चिनियाँ राजदूतसँग उर्जामन्त्रीको १५ मीनेट वार्तालाप

चिनियाँ राजदूतसँग उर्जामन्त्रीको १५ मीनेट वार्तालाप

नेपालका लागि चिनियाँ राजदूत  छन् सोङले उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । 

आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । मन्त्री भेट्न बिहान ११ बजे मन्त्रीको कार्यकक्षमा छिरेका राजदूत सोङ १५ मीनेट कुराकानी गरेर बाहिरिएको बताइएको छ । 

दुई मुलुकबीच सीमा जोडिएका जिल्लाहरुमा सरकारी सम्पर्क र समन्वय बढाउने विषयमा छलफल गर्न राजदूत सोङले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए ।
 

टिप्पणीहरू