हुस्सु माननीयको माग : शरणार्थी काण्डमा मुछिएकाको पासपोर्ट जफत गर्नुपर्यो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका पूर्वनेता तथा पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचारमा मुछिएका सांसदहरुको राहदानी जफतको माग गरेका छन् । प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु अन्य मुलुक भाग्नसक्ने खतरा भएकाले उनीहरुको राहदानी तत्काल जफत गर्न माग गरेका हुन् ।
उनले अपराधीहरुलाई कुनै हालतमा बचाउन नहुने र अन्यथा गरिएमा आफ्नो पार्टीले सदन र सडक दुवैमा आन्दोलन गर्ने चेतावनी दिएका थिए । ‘त्यसैले देश छाडेर भाग्नसक्ने खतरा भएकाले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्,’ उनको भनाइ थियो ।
उनै माननीय कति हुस्सु थिए भन्ने कुरो झण्डै एक महिना अघिको घटनाले पुष्टि गर्छ । बैंगलोर जान उनी राहदानी घरमा छाडेर राष्ट्रिय परिचयपत्र बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा नेपाल वायुसेवाको उड्न ठिक्क परेको विमान झण्डै एक घण्टा ढिलो भएको थियो । नेपालीलाई राहदानीबाहेक नागरिकता प्रमाणपत्रको आधारमा पनि भारतमा प्रवेश दिइन्छ । तर, उनले नागरिकता र राहदानी दुबै नबोकेकाले विमान कम्पनीका कर्मचारीले रोकेका थिए ।
बैंगलोर जान लागेको नेपाल वायुसेवाको उडान नम्बर आरए २२५ को विमान सबै हिसाबले ठीक दुरुस्त हुँदा पनि अर्यालले घरबाट पासपोर्ट वा नागरिकता नल्याउँदा बैशाख २ को उडान ढिलो हुन पुगेको थियो । भिआइपी कक्ष प्रयोग गरेर ढिलो विमानस्थल पुगेका अर्यालले साथमा हाल लागु हुँदै गरेको परिचयपत्र मात्र बोकेका थिए ।
रविका माननीयले नागरिकता वा राहदानी नबोकेका कारण कुराइएको उक्त उडानमा १४२ यात्रु र राजेशकुुमार कुशवाहा पाइलट थिए । भारततर्फको उडानमा नेपाली नागरिकलाई राहदानी र नागरिकता बाहेक अन्य कागजातको मान्यता दिइएको छैन ।
टिप्पणीहरू