कैदीको भेषमा काठमाडौंका सडकमा निस्के काँग्रेसी विद्यार्थी

कैदीको भेषमा काठमाडौंका सडकमा निस्के काँग्रेसी विद्यार्थी

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले नक्कली शरणार्थी प्रकरणलगायत विभिन्न काण्डका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौँमा र्याली गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाई कमिटीको आयोजनामा आज बिहान र्याली निकालिएको हो ।

क्याम्पस अगाडिबाट निस्केको र्याली रत्नपार्क, भोटाहिटी, जमल, विश्वज्योति हुँदै त्रिचन्द्र क्याम्पस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी विद्यार्थीहरुले जुनसुकै तहको शक्तिशाली भए पनि भ्रष्टाचारीलाई नछोड्न माग गरे । उनीहरुले आफ्नो मातृ पार्टीका नेता तथा नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा समातिएका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न पनि माग गरेका थिए । 

प्रदर्शनकारीहरुले ‘एक दुई तीन चार, भ्रष्टाचारीलाई कारागार’, ’न नाता न नेता, भ्रष्टाचारीलाई कठघरा’, ’कबाट कछुवा ख खरायो, टोप बहादुर कहाँ हरायो’, ’दाइ–भाउजू मात्र हैन, भ्रष्टाचारी भए मेरै आमा–बुबालाई पनि कारबाही हुनुपर्छ’, ’नक्कली भूटानी शरणार्थीको सत्यतथ्य छानबिन होस’, ’सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको’ जस्ता नारा लगाएका थिए। 

भ्रष्टाचारीलाई जेल हाल्न सांकेतिक विरोधस्वरूप उनीहरुले कैदीको रुपमा आफ्नै हातमा हत्कडीसमेत लगाएका थिए ।
 

टिप्पणीहरू