माध्यमिक शिक्षक लाइसेन्सको दरखास्त खुल्यो
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरिएको बताइएको छ ।
आयोगले तोकिएको योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले लाइसेन्सका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने जनाएको छ ।
तर अनलाइन दरखास्तमा व्यक्तिगत विवरण एवम् पेश गरेका कागजातहरु राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न पाइने छैन ।
यस सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटबाट लिन सकिने बताइएको छ ।
टिप्पणीहरू