अर्थमन्त्री चीफ गेस्ट,आर्थिक मन्दीवीच पाँचतारे होटलमा रात्रिभोज

अर्थमन्त्री चीफ गेस्ट,आर्थिक मन्दीवीच पाँचतारे होटलमा रात्रिभोज

नेपाल बीमा प्राधिकरणले आज ५५ औं वार्षिकोत्सव मनाउँदै छ । तर सरकारी निकायको वार्षिकोत्सव र रात्रिभोज पाँचतारे होटलमा राखिएको छ ।

सरकारले आर्थिक मन्दी र खर्च कटौतीको गफ दिँदै आए पनि सरकारी निकाय प्राधिकरणले नीति विपरीत पाँचतारे होटलमा कार्यक्रम तय गरेको छ । पूर्व गृह र वाणिज्य सचिवसमेत रहेका अध्यक्ष सूर्यप्रसाद सिलवालले अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा रात्रिभोज गर्न लागेका हुन् ।

आर्थिक मन्दीवीच सरकारी खर्च कटौतीको प्रस्ताव गरेको मन्त्रालयकै अग्रसरतामा आयोजित आजको कार्यक्रमले सरकारी नीतिको खिल्ली उडाउने पक्का छ । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा साँझ साढे ५ बजेदेखि औपचारिक कार्यक्रम र साँझ ७ बजेदेखि मदिरासहितको रात्रिभोज राखिएको  छ ।

टिप्पणीहरू