१२ को परीक्षामा गडबड गर्ने काठमाडौँका तीन केन्द्राध्यक्षमाथि कारबाही

१२ को परीक्षामा गडबड गर्ने काठमाडौँका तीन केन्द्राध्यक्षमाथि कारबाही

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा अमर्यादित गतिविधि गर्ने तीनजना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । बोर्डका अनुसार काठमाडौँका तीन परीक्षा केन्द्रका केन्द्राध्यक्ष कारवाहीमा परेका हुन् । जसमध्ये एक जनालाई बर्खास्त र दुई जनालाई सचेत गराइएको छ । 

काठमाडौँको मित्रपार्कस्थित टेक्सास इ माविका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत कार्य गरेकोले बर्खास्त गरिएको हो भने मित्रपार्कमै रहेको कैलाशकुट बहुमुखी क्याम्पस र बौद्धको कुमारी आवासीय माविका केन्द्राध्यक्षले उचित परीक्षाको वातावरण कायम गर्न नसकेकाले दुबैलाई सचेत गराएको बोर्डले जनाएको छ ।

गत बैशाख २६ गतेदेखि चलिरहेको कक्षा १२ को परीक्षाका क्रममा बैशाख २९ र बैशाख ३१ गतेका दिन ति परीक्षा केन्द्रमा नियमविपरित गतिविधि भएकाले उक्त निर्णय लिनुपरेको बोर्डले जानकारी दिएको छ ।
 

टिप्पणीहरू