सभामुख र महान्याधिवक्ताको सिंहदरबारमा भेट, अमेरिकी राजदूत कृषि मन्त्रालयमा

सभामुख र महान्याधिवक्ताको सिंहदरबारमा भेट, अमेरिकी राजदूत कृषि मन्त्रालयमा

महान्याधिवक्ता डा. दिनमणि पोखरेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको सभामुखको कार्यक्षमा उक्त भेटवार्ता भएको जनाइएको छ । सभामुख भेट्न महान्याधिवक्ता डा. पोखरेल बिहान सवा ११ बजेतिर सिंहदरबार पुगेका थिए । 

सोही समयमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालबीच वार्तालाप भएको छ । उहाँहरुबीच साढे ११ देखि झण्डै आधा घण्टा सिंहदरबारस्थित मन्त्रालयमा भेटघाट भएको हो ।
 

टिप्पणीहरू