लामो दूरीमा चल्ने सवारी साधनलाई अन्तरप्रदेशीय ईजाजत अनिवार्य

लामो दूरीमा चल्ने सवारी साधनलाई अन्तरप्रदेशीय ईजाजत अनिवार्य

यातायात व्यवस्था विभागले लामो रोडमा सञ्चालन हुने सवारी साधनलाई अनिवार्य रुपमा अन्तरप्रदेशीय बाटो ईजाजत पत्र लिएर मात्र चलाउन अनुरोध गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै विभागले अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधन (यात्रुवाहक र मालवाहक) लाई अन्तरप्रदेशीय बाटो ईजाजत अनिवार्य गरेको जानकारी गराएको हो । 

मुलुकभर सञ्चालित सवारी साधनको बाटो ईजाजत पत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण गर्ने अधिकार विभाग मातहतका सवारी परीक्षण कार्यालय टेकु, ईटहरी, हेटौंडा, बुटबल र अत्तरीयालाई मात्र भएको र यी कार्यालयबाट अन्तरप्रदेशीय बाटो ईजाजत पत्र लिएर सवारीसाधन चलाउन विभागको अनुरोध छ । 

‘नेपालभर सञ्चालित सवारीसाधन (यात्रुवाहक÷मालवाहक) को बाटो ईजाजत पत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण गर्ने अधिकार यस विभाग मातहतका सवारी परीक्षण कार्यालय टेकु, ईटहरी, हेटौंडा, बुटबल र अत्तरीयालाई मात्र भएको हुँदा अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनको अनिवार्य रुपमा उक्त कार्यालयबाट अन्तरप्रदेशीय बाटो ईजाजत पत्र लिएर मात्र सवारीसाधन सञ्चालन गर्न गराउन अनुरोध छ, सूचनामा भनिएको छ । 

विभागले अटेरी गरेर ईजाजत पत्र नलिई सवारी साधन सञ्चालन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा सोसम्बन्धी नियमावली, २०५४ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
 

टिप्पणीहरू