माओवादी प्रवक्ताले पत्रकार बोलाए

माओवादी प्रवक्ताले पत्रकार बोलाए

नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ । अपराह्न ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा माओवादीले पत्रकार भेटघाट गर्न लागेको हो । 

पूर्वसभामुख समेत रहेका सो पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समसामयिक राजनीतिक परिस्थ्तिका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । कार्यक्रममा उपस्थित हुन उनले सञ्चारकर्मीहरुलाई सूचना पनि गरेका छन् । 

'आज मिति २०८० जेठ ७ गते दिनको ३ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वर, काठमाडौंमा समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गरिएकोले उपस्थितिका लागि अनुरोध गरिन्छ', महराको सूचना भनिएको छ ।
 

टिप्पणीहरू