अमेरिकी टोली हिजो सिंहदरबार, आज बालुवाटार

अमेरिकी टोली हिजो सिंहदरबार, आज बालुवाटार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको टोली नेपाल भ्रमणमा आएको छ । सोही टोलीमा रहेका अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरु राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार जाँदैछन् । टोलीले गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्न लागेको बताइएको छ । 

ब्रक्स नेतृत्वको एमसीसी टोलीले हिजो बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालय, सिंहदरबारमा भेट गरेको थियो । हिजोझैं आजको भेटमा पनि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सहभागी हुने स्रोतले बताएको  छ । 

हिजोको भेटमा टोलीले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको थियो । आज राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग गर्न खोजिएको भेटवार्ता र विषयबारे भने कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू