नक्कली शरणार्थी प्रकरणमा समातिएका सबैलाई पर्सिसम्म हिरासतमा राखिने

नक्कली शरणार्थी प्रकरणमा समातिएका सबैलाई पर्सिसम्म हिरासतमा राखिने

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले पर्सि मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको बताइएको छ ।  

हालसम्म १६ जना पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेसका पूर्वसांसद आङटावा शेर्पालगायत १६ जना प्रहरी हिरासतमा छन् । अन्य तीन जना फरार छन् भने झण्डै एक दर्जन निगरानीमा रहेको बताइएको छ ।

टिप्पणीहरू