तपोवनमा सिके राउतको केन्द्रीय समिति बैठक

तपोवनमा सिके राउतको केन्द्रीय समिति बैठक

सिके राउतको जनमत पार्टीले केन्द्रीय समिति बैठक आगामी शुक्रबारलाई डाकेको छ । बैठकस्थल कोटेश्वरको तपोवन होटलमा राखिएको छ ।

जनमतकी राष्ट्रिय सचिव तथा सांसद अनिता साहले शुक्रबार बिहान ७ बजेदेखि काठमाडौँको कोटेश्वरस्थित होटल तपोवनमा बैठक बस्ने जानकारी दिइन् । बैठकमा समसामयिक विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ । 

राउत आफैँ ओशोभक्त हुन् । उनी प्रायः बालाजु नागार्जुनको उत्तरपश्चिम कुनो मुड्खुमा रहेको ओशो तपोवन पुग्ने गरेका छन् । गेरु वस्त्रको पहिरनमा उनले ओशोको लकेटसमेत झुण्ड्याएर अन्य अनुयायीझैँ साधना गरेको देखिन्छ ।

टिप्पणीहरू