माधव नेपाल अष्ट्रेलिया तिर,प्रमेश हमाल कार्यवाहक

माधव नेपाल अष्ट्रेलिया तिर,प्रमेश हमाल कार्यवाहक

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अष्ट्रेलिया भ्रमणमा जानुहुने भएको छ । 

पार्टीसम्बध्द प्रवासी नेपाली एकता मञ्चले आयोजना गर्ने कार्यक्रममा भाग लिन उहाँ आज अष्ट्रेलिया जान लाग्नुभएको हो । अष्ट्रेलियामा रहँदा अध्यक्ष नेपालले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा आयोजित 'एभरेस्ट डे' कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ। 

अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा उपाध्यक्ष प्रमेश हमाललाई कार्यवाहक अध्यक्षको जिम्मा दिनुभएको छ । 'मेरो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न तपाईंलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छु', हमाललाई सम्बोधन गरी लेखिएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू