ढाकाको ठाउँमा ल्याइएकी कंशाकारले सपथ खाइन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले आज दिउँसो शपथ खाएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसदको लोगो प्रदान गर्नुभयो ।
मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोडको डिल गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि समानुपातिकबाट छानिएका ढाकाकुमार श्रेष्ठलाई हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।
टिप्पणीहरू