कूल बजेटको ७३ प्रतिशत साधारण खर्च
अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च अत्याधिक हुन जाँदा विकास निमार्ण कार्य अघि बढन नसकेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०८-०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण चुक्ता, सामाजिक सुरक्षा, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट खर्च हुँदा विकास निमार्णको प्रक्रिया अघि बढाउन गार्हो भएको जानकारी दिनुभएको हो ।
‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शीर्षकमा मात्रै १२ खर्ब ८०२५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निमार्णको काम ठप्पै पारेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठन सकेको अवस्था छैन ।’
वजेट मन्तव्य जारी छ ।
टिप्पणीहरू