‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा अरुले उच्चारण गर्न नसकेको अध्यक्ष ओलीको दाबी

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा अरुले उच्चारण गर्न नसकेको अध्यक्ष ओलीको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले मुलुक र मुलुकबासीको समृद्धिको कुरै उठाउन छाडेको बताउनुभएको छ । उहाँले आफूहरू सरकारबाट हटेपछि झण्डै दुई वर्षदेखि कसैले पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा उच्चारण गर्न नसकेको उल्लेख गर्नुभएको हो ।

पार्टीको विज्ञान तथा प्रविधि विभागले मुख्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेलाई सरकारबाट हटाइए पनि अरु कसैले समृद्ध नेपाल र सुखी नेपालीको उच्चारण गर्न नचाहेको बताउनुभयो । यसबाट पनि वर्तमान सरकार, गठबन्धनमा आबद्ध दलका नेताहरुको नियत छर्लङ्ग भएको उहाँको भनाई छ ।

मुलुक र जनताको समग्र विकासका लागि एमालेले उक्त नारा अघि सारेको उहाँको तर्क छ ।

विज्ञान तथा प्रविधिको चमत्कारलाई अब राजनीतिक सिद्धान्तले चुनौती दिन नसक्ने उहाँले ठहर गर्नुभएको छ । चीनको उच्च विकास आश्चर्यजनक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कम्युनिज्मलाई च्यालेञ्ज गर्न वा परास्त गर्न कुनै पनि राजनीतिक थेउरीले सक्दैन । विकासले समाजको वर्गीय असमानतालाई पुर्ने भएकाले विकासको विकल्प छैन ।’

टिप्पणीहरू