पशुपतिमा सुरक्षाकर्मी झुण्डिए

पशुपतिमा सुरक्षाकर्मी झुण्डिए

पशुपति क्षेत्र विकास कोषको कार्यालय भवनमा एक जना सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला परेका छन् । कोषको नवनिर्मित भवनको सुरक्षामा खटिएका सुरक्षाकर्मीनै मृत भेटिएका हुन् ।

आज बिहान कार्यालय सफा गर्न पुगेका कर्मचारीले परिसरमा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला पारेको बताइन्छ । लगत्तै प्रहरीको गौशाला वृत्तलाई खबर गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् ।

राना पशुपतिको बगैँचा फाँटबाट हालै सुरक्षातर्फ खटिएका कर्मचारी हुन् । शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रहरी नायव उपरीक्षक सञ्जीवबाबु खड्काले घटनाको थप अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू