बुद्ध एअरको विमानमा फेरि समस्या, नेपालगञ्ज उडेको जहाज आकाशबाटै फिर्ता

बुद्ध एअरको विमानमा फेरि समस्या, नेपालगञ्ज उडेको जहाज आकाशबाटै फिर्ता

बुद्ध एअरको उडिसकेको विमानमा समस्या देखिएपछि तत्काल काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ । आज मध्यान्ह काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको विमानलाई २२ मीनेटपछि फर्काइएको बताइएको छ ।

५२ जना यात्रु बोकेर विमान पौने १२ बजे उडेको थियो । विमानमा प्राविधिक समस्या उत्पन्न भएको थाहा पाएपछि चालकले विमानलाई नेपालगञ्जतर्फ अगाडि नलगेर काठमाडौं फिर्ता गर्ने निर्णय गरेको विमानस्थल स्रोतले बताएको छ ।

आकाशबाट फिर्ता भएको विमान १२ बजेपछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । यसअघि पनि बुद्धका विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि पटक पटक आकस्मिक अवतरण गराइएको थियो ।

टिप्पणीहरू