माओवादीका बिमार नेता सवार विमानमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु समेत

माओवादीका बिमार नेता सवार विमानमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु समेत

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन स्वदेश फर्कनुभएको छ । उहाँ चीनमा लामो उपचारपछि आज बिहान  छन्तु हुँदै एअर चाइनाको उडान नम्बर सीए ४३७ बाट काठमाडौं आउनुभएको छ ।

सोही विमानमा चिनियाँ कम्युनिष्ट पार्टीका ४ जना नेताहरु पनि आएको बताइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक सु मिनको नेतृत्वमा टोली काठमाडौं आएको हो ।

नेता पुनसँग उहाँकी श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तिसहित तीन जना फर्केको बुझिएको छ ।

टिप्पणीहरू