नेपालका मन्त्री चीनको काशीमा, श्रीलंकन काठमाडौंमा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल चीन जानुभएको छ । उहाँ श्रीमती शोभा शर्मा रिजालसहित हिजो सिचुआन प्रान्तको छन्तुतर्फ प्रस्थान गर्नुभएको बताइन्छ ।
सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु३९०२ मा छन्तु जानुभएका मन्त्रीसँगै अन्य छ जना सरकारी अधिकारी छन् । उनीहरु उत्तरपश्चिम सिन्च्याङ प्रान्तको काशी अर्थात् काश्गारमा आयोजना हुन लागेको कमोडिटी फेयरमा भाग लिन गएको मन्त्रालयले जनाएको छ ।
हिजै श्रीलंकन राज्यमन्त्री दोहा हुँदै काठमाडौं आएका छन् । शिक्षा राज्यमन्त्री ए.अरबिन्द कुमार कतार एअरलाइन्सको उडान नम्बर क्युआर ६४६ मा श्रीमतीसहित काठमाडौं आएका हुन् ।
टिप्पणीहरू