खेतमा राजनीतिक चहलपहल, पानी र मल अभावमा किसान चिन्तित

खेतमा राजनीतिक चहलपहल, पानी र मल अभावमा किसान चिन्तित

पछिल्लो केही वर्षदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवको रुपमा मनाउन थालिएको छ । तर, कृषिकर्ममा लाग्नेको संख्या दिनहुँ घट्दो छ । ग्रामीण क्षेत्रमा कृषि मजदूरको चर्को अभाव देखिन्छ । 

तीन दशकअघि आन्तरिक खपतपछि निर्यात गर्ने अवस्थामा रहेको हाम्रो धान उत्पादनको क्षमता, पछिल्ला वर्षमा खुम्चिएको छ । उर्वरभूमिमा घर ठडिएका छन्, बजार बिस्तार भएको छ । विदेशबाट धान र चामल आयातको अवस्था निरन्तर उकालो लागेको छ ।

तरपनि धुमधामका साथ धान दिवस मनाउने क्रम भने बढेको छ । सोही क्रममा आज कृषिमन्त्री डा. बेदुराम भुसाल खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को कम्पाउण्ड पुग्नुभएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चितवन पुगेर धान दिवसमा सहभागिता जनाएको खबर आएको छ ।

राजनीतिक नेतृत्वले निकै चर्चाका साथ मनाउने गरेको धान दिवसको रौनक स्वयम् किसानहरुमा भने देखिएको छैन । पर्याप्त वर्षा नभएकाले आजसम्म कुल ११ प्रतिशत खेतमा मात्रै धान रोपिएको छ । 

पछिल्ला दिनमा सिँचाइ अभावका कारण रोपिएका धानबाली पनि फस्टाउने गरेको छैन । खण्डवृष्टि, अनावृष्टि र अतिवृष्टिका कारण विशेषगरी धानबालीमा ठूलो असर पर्ने गरेको छ ।

टिप्पणीहरू