कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न काठमाडौँ महानगरपालिकाको विद्यालयहरुलाई निर्देशन

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न काठमाडौँ महानगरपालिकाको विद्यालयहरुलाई निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ । 

महागरको शिक्षा विभागले आज सूचना प्रकाशित गर्दै कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन विवरणसमेत मागेको छ । शिक्षण संस्थाहरुलाई शैक्षिक सत्र २०७९-८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार मसान्तभित्र पठाउन महानगरले भनेको हो । 

महानगरपालिकाले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने शिक्षण संस्थाहरुले फरक-फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको भन्दै त्यसलाई सच्याउन पनि निर्देशन दिएको छ । 

मुलुकका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरु आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महानगरले यस्तो निर्देशन दिएको हो । 

एसईईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न पनि महानगरले सबै शिक्षण संस्थालाई भनेको छ ।

टिप्पणीहरू